पशुपतिमा यस्तो देखियो तीजको रंगीन भीड (फोटो फिचर)

Teej 21

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ ।

गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको थियो ।

तीजमा पुरुषलाई प्रवेश निषेध गरिएको पशुपतिनाथ मन्दिरमा तीजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो । शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापन राम्रो भइरहेको उनको भनाइ छ । 


पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक पशुपतिनाथ क्षेत्रमा तिजको रौनक

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...