एकीकृत समाजवादीले भुषाललाई भन्यो : तपाईको प्रस्ताव र हाम्रो कार्यदिशा मिल्छ, चाडै आउनुस् (पत्रसहित)

Ghasyam vushal

काठमाडौं । निर्वाचनका बेला नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा आमन्त्रण गरेको छ ।

‘मंगलबार मात्रै भुषालले वाम एकता वार्ता समितिलाई सम्बोधन गरेर ‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गरेका थिए । त्यसलाई स्वीकार्दै एकीकृत समाजवादीले पार्टीमा आउन पत्र पठाको हो ।

एकीकृत समाजवादीले पार्टी प्रवेशका लागि औपचारिक रुपमै पत्र पठाएपछि भुसाल सकारात्मक भएका हुन् । उनी चाँडै एकीकृत समावादीमा प्रवेश गर्ने भएका छन् ।

पार्टीका महासचिव एवं वार्ता समितिको संयोजक भुसालले पठाएको पत्रमा भनिएको छ, ‘पार्टी निर्माण सम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाइँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

वाम एकता वार्ता समिति
नेकपा (एक)
कमरेड घनश्याम भुसाल

तपाइँले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’लाई सम्बोधन गरेर ‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गर्नु भएका प्रस्तावहरू अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अंगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।

इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरू हाम्रा साझा विरासत हुन्, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुबै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी ) मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन“ भन्ने तपाईंको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ ।

नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णयप्रति नेकपा (एकीकृत समाजवादी) अहिले पनि प्रतिवद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो । समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौं, त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ ।

पार्टी निर्माण सम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाइँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।

यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि वढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा (एकीकृत समाजवादी)मा एकतावद्ध गर्ने कार्यमा हामी सबै सकृयतापूर्वक लागौं भन्ने पनि अनुरोध छ ।

डा. वेदुराम भुसाल
महासचिव एवं वाम एकता वार्ता समिती संयोजक,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२७ पौष २०७९

र यो पनि ...

‘नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन

Uml dkt 10

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...