प्रदेश १ मा ६० सांसदको समर्थनमा एमालेका हिक्मत कार्कीद्धारा मुख्यमन्त्री दावी पेस

Pradesh 1 karki

विराटनगर । प्रदेश नं. १ मा नेकपा एमालेका हिक्मत कार्कीले ४ दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सकिनभन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ । 

p1

 

 

प्रतिकृया दिनुहोस