एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने, नीति विपरित नबोल्न कार्यकर्तालाई निर्देशन

Cpn us politbyuro mitin

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपालका वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

तर, सो बैठकले तत्काल सरकारमा जाने वा नजाने भन्ने केही निर्णय गर्न सकेन । बरु त्यसको निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको छ । त्यसको अर्थ अझैं वर्तमान सरकारलाई समर्थन गर्ने, सरकारमा सहभागीता जनाउने वा नजनाउने भन्ने टुंगो नलाग्नु हो ।

यता, सो बैठकमा अध्यक्ष माधवकुमार नेपालले सबै सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णय र नीति विपरीत सार्वजनिक रुपमा पार्टीको आलोचना तथा विरोध नगर्न निर्देशन दिए । नेपालले असन्तुष्टि भए बैठकमै छलफल गर्न पनि आग्रह गरेका थिए ।

‘जे जे लागेको छ, कमिटीमै राखौं’ मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

पछिल्लो समय मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायतका नेताहरूले निर्वाचनको परिणाम आएपछि सार्वजनिक रुपमा पार्टीको आलोचना गरेका थिए ।बैठकमा अध्यक्ष नेपालले आफ्नै अध्यक्षको बदख्वाइँ गरेको भन्दै अध्यक्ष नेपाल आक्रोशित बनेका थिए । नेकपा एकीकृत समाजवादी सरकार गठनको प्रक्रियाबाट बाहिरिएपछि एकीकृत समाजवादीका नेताहरूले अध्यक्षको आलोचना गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...