बाइडेनले जेलेन्स्कीलाई भने– अमेरिका युक्रेनको साथमा उभिनेछ, ४५ अर्ब डलर दिने वाचा

Biden jelanski

अमेरीका । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलेसम्म अमेरिका युक्रेनको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिका भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्कीलाई राष्ट्रपति बाइडेनले भने, ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न।’

यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । अमेरिका भ्रमणमा जेलेन्स्कीले जो बाइडेनलाई भेटे र त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

यस क्रममा जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिएको पुष्टि गरेका छन् । यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिने वाचा गरेको छ । बुधवार पत्रकार सम्मेलनमा बाइडेनले युक्रेनको सहयोगप्रति आफूलाई कुनै चिन्ता नभएको बताए ।

युक्रेनका केही सहयोगी राष्ट्रहरूले युद्धका कारण उत्पन्न समस्या, विश्वभर खाद्यान्न र इन्धनको अभावबारे चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...