समानुपातिक नाम सच्याउने समय आज ४ बजेसम्म, आजै अन्तिम सुची आउन सक्ने

Election commission nepal

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकका लागि बुझाएको सांसदहरूको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदहरुको नामावली सच्याउन आजसम्मको समय दिएको छ । राजनीतिक दलहरूले सोमबार दिउँसो ४ बजेभित्र क्लस्टर अनुसार नमिलेका सांसदहरूको नामावली सच्याएर आयोगमा बुझाइसक्नपर्नेछ ।

साँझसम्ममा सूची सार्वजनिक गर्ने तयारी भएको आयोगको भनाइ छ । त्यसअघि दलहरूले बुझाएको बन्दसूची सच्याउन आयोगले आज अपराह्न्न ४ बजेसम्मको समय दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार केही राजनीतिक दलहरूले क्लस्टर अनुसार नाम नमिलाई सूची पेश गरेका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। त्यसका लागि गत शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए । थ्रेसहोल्ड कटाएका सात वटा राजनीतिक दलले मात्र आयोगमा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची बुझाएका थिए ।

पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेको पाइएको छ । आयोगको तथ्याङ्कअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् ।

ती दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि फेला परेको र सच्याउन पत्राचार गरिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए ।

संघीय संसदमा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट प्राप्त गरेका छन् ।

यसमा बन्दसूचीमा समावेश भएका नामहरुबाट दलहरूले आयोगमा सांसदहरूको सूची बुझाएका थिए। ७ मध्ये छ वटा राजनीतिक दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएपछि सच्याएर पठाउन आग्रह गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...