बल्ल सकियो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ? (सुचीसहित)

सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टीले पायो २०१८ मत

Mat ganana

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ । जसमा सबैभन्दा बढी नेकपा (एमाले) र सबैभन्दा कम नेश्नलिस्ट पिलल्स पार्टीले पाएको छ ।

सबैभन्दा धेरै एमालेले २८ लाख ४५ हजार ६४१ मत पाउँदा समानुपातिकतर्फ सबभन्दा थोरै भोट भने सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टीले पाएको छ । उसले २ हजार १८ मत मात्र पाएको छ । यो पार्टीले प्रत्यक्षतर्फ २० क्षेत्रमा उम्मेदवार उठाएको थियो, जसमध्ये सबभन्दा धेरै महोत्तरी ३ का जिवछी देजीले २४२ मत पाएकी थिइन् ।

अघिल्लो चुनावमा २ लाख १२ हजार बढी भोट पाएको विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पायो भने कमल थापा नेतृत्वको राप्रपा नेपालले १२ हजार ३४० मत पाएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १८ हजार ५९, नेकपा मालेले ३० हजार ५९९ मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ मत पाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने आयोगले जनाएको छ । २ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता पाउन सकेन ।

१ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले ३४ सिट पाउने छ ।

२७ लाख १५ हजार २२५ मत पाएको छ । कांग्रेसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।

माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ । अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३९१ मत पाएको छ । प्रत्यक्षतर्फ १० सिट जिते पनि एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको आयोगले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...