अमेरिकाको आक्रमणमा मारिए अल कायदाका नेता

Al quaeda leader death

काठमाडौं । अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको बताएका छन्। अमेरिकाको गुप्तचर एजेन्सी सीआईएले गरेको आतंकवादविरोधी अभियानको क्रममा जवाहिरी मारिएका हुन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार जवाहिरी एक सुरक्षित घरको बाल्कोनीमा बासिरहेको अवस्थामा ड्रोनबाट उनलाई मिसाइल प्रहार गरिएको हो । घरमा अन्य सदस्यहरु भए पनि उनीहरु सुरक्षित रहेको उनीहरुको भनाइ छ ।

देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए र अलकायदालाई हाँकेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...