दिनेश गुणावर्धने बने श्रीलंकाको प्रधानमन्त्री

Dinesh gunawardena pm of srilanka

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए । उनी वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन् ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।
उनको शुरुआती शिक्षा रोयल प्राइमेरी स्कुल कोलम्बो र रोयल कलेज कोलम्बोमा भएको थियो । स्कुलपछि उनले नेदरल्याण्ड स्कुल अफ बिजनेस (न्येनरोड बिजनेस युनिभर्सिटी) बाट बिजनेस एडमिनिस्ट्रेसनबाट डिप्लोमा गरे ।

त्यसपछि उनी ओरेगन विश्वविद्यालयमा पढ्न गए । अमेरिकामा रहँदा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनले भियनता युद्ध विरोधी प्रदर्शनमा सहभागी थिए ।

पढाई पूरा गरेपछि गुणावर्धनेले न्यूयोर्कमा लामो समय काम गरे । सन् १९७२ मा उनको बुवाको निधन भएपछि उनी श्रीलंकाको राजधानी कोलम्बो फर्किए ।

अगष्ट सन् १९७३ मा महाजन एकथ पेरामुना पार्टीको उनी केन्द्रीय सदस्य नियुक्त भए । १९७४ मै उनी पार्टीको महासचिव बने ।

सन् १९७७ मा संसदीय चुनावमा एभिसावेलामा एमईपीको उम्मेदवार बने । तर पराजित भए । त्यसपछि फेरि सन् १९८३ मा भएको उपचुनावमा उनी महारागामा इलेक्ट्रोरल डिस्ट्रिक्टमा एमईपीको उम्मेदवार बने । यसपटक भने उनले चुनाव जिते र संसदमा प्रवेश गरे ।

सन् १९८९ मा संसदीय चुनावमा बहु सदस्यीय कोलम्बो जिल्लामा एमईपीका उम्मेदवारहरुमध्ये एक उनी सफलतापूर्वक चुनाव लडे । सन् १९९४ मा फेरि उनी कोलम्बोबाट उम्मेदवार बने तर पराजित भए ।

२७ अगष्ट २००० मा एमईपी पिपुल्स अलाइन्स (पीए) मा सामेल भयो । गुणाबर्धनले कोलम्बो जिल्लाबाट चुनाव लडे र विजयी भए । त्यसपछि उनी परिवहन मन्त्री बने । सन् २००१ मा पर्यावरणको अतिरिक्त जिम्मेवारी पनि उनलाई दिइयो ।

सन् २००१ को संसदीय निर्वाचनमा उनी फेरि निर्वाचित भए । २० जनवरी २००४ मा श्रीलंका फ्रिडम पार्टी एसएलएफपी र जनता विमुक्ति पेरामुना (जेवीपी) ले युनाइटेड पिपुल्स फ्रिडमा अलायन्स यूपीएफए गठन गरे । एमईपी २ फेब्रुअरी २००४ मा यूपीएफएमा सामेल भयो ।

त्यसपछि सन् २००४ को संसदीय चुनाव पनि उनले जिते । त्यसपछि उनी शहरी विकास, जल आपूर्ति मन्त्री र शिक्षा उपमन्त्री नियुक्त भए । सन् १९८० मा हेपाटाइटिसका कारण उनकी श्रीमती वत्सला कोटलावेलाको निधन भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...