आजदेखि २७ जिल्लाका १२ वर्षमुनीका बालबालिकालाई कोरोनाको दोस्रो खोप लगाइँदै

Corona khop balbalika

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी कोरोना संक्रमणबाट बालबालिका बढी प्रभावित बन्न थालेपछि कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ।

सरकारले पहिलो चरणमा प्रदेश १ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, वाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप लगाइदैछ ।

त्यसैगरी लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...