श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व अर्थमन्त्री बासिलले देश छोड्न नपाउने

Mahinda basil 20220716082823

काठमाडौँ । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति बिना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले  दिएको हो।

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ। अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्ष राजीनामा दिन बाध्य भएका थिए। प्रदर्शन चर्किंदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्ष देश छाडे भागेका थिए। उनले सिङ्गापुर पुगेर राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...