कोरोना ग्राफ उकालो लागेको लाग्यै, थप २६० जनामा कोरोना पुष्टि

Corona sankraman

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । बुधबार २ सय ६ जना संक्रमित भेटिएकामा आज बिहीबार २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार १ सय २ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए । सोमबार १ सय ६८ जना संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४ जना संक्रमितको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस