आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, आज सार्वजनिक विदा

Tamu lhochhar

काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । आज काठमाडौंको टुँडिखेलमा तमू ल्होछार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।

आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ । प्रत्येक १/१ वर्षमा क्रमानुसार १/१ वटा ल्हो (वर्ग) पार गर्दै पछि १२ वर्ष पूरा भएपछि पुनः सोही ल्हो (वर्ग) को सुरूवात हुन्छ ।

यसरी गुरूङ समुदायको ल्हो (वर्ग) पद्धति प्रकृतिको नियम र सिद्धान्तसँग मेल खान्छ । जसअनुसार ल्होछार मनाउने संस्कृतिलाई वैज्ञानिक र सत्यतानजिक रहेको भन्ने तर्क गरेको पाइन्छ । ज्योतिष शास्त्रअनुसार पनि पृथ्वीमा सबैभन्दा लामो दिन र छोटो रात असार १५ लाई मानिन्छ । त्यस्तै सबैभन्दा लामो रात र छोटो दिन पुष १५ लाई मानिन्छ ।

पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक बिदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै बिदा हुने भनी उल्लेख थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...