सुरू भयो बाघ गणना, वनमन्त्रीले गरे उद्घाटन

Camera on tiger

काठमाडौँ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले राष्ट्रिय बाघ सर्वेक्षण (गणना) कार्यको उद्घाटन गरेका छन् ।

आइतबार चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा आयोजना भएको विशेष कार्यक्रममा सर्वेक्षणमा प्रयोग हुने क्यामेराको स्वीच अन गरेर मन्त्री यादवले गणना सुरु भएको घोषणा गरेका हुन् ।

चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ ।

चितवन९पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा९लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो ।

क्यामेराले खिचेका तस्बिरहरू विश्लेषण गरेर बाघको संख्या एकिन हुन्छ । सर्वेक्षणका लागि सर्वेक्षकहरू आ - आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसअघि सन् २०१८ मा भएको गणनामा देशभर २३५ भेटिएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले गणनामा एक हजार क्यामेरा र दुई सय ५० जना खट्ने जानकारी दिए । गणनामा ३ करोड ७० लाख रूपैयाँ खर्च हुनेछ ।

आउँदो अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...