ओमिक्रोन भेरियन्ट फैलान नदिन सीमा क्षेत्रमा कडाइ

Omi  coron v

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन मोरङस्थित नेपाल–भारत सीमामा सतर्कता अपनाउन सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा आवातजावतलाई लिएर कडाइ सुरु गरिएको छ। जोगबनीसँगै मोरङतर्फ रहेका सबै खुला नाकामा कडाइ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

यसअघि कोरोना संक्रमणका कारण करिब १८ महिना जोगबनी विराटनगर नाका बन्द गरिएको थियो। उनले ओमिक्रोन संक्रमण नियन्त्रणका लागि नाका क्षेत्रमा सुरक्षा र चिकित्सकको टोली राखिएको बताए। सीमा क्षेत्रमा जनपद प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थिति बढाएर आवतजावतलाई व्यवस्थित बनाउन थालिएको उनको भनाइ छ।

भारतबाट नेपाल आउनेमध्ये कोरोनाका शंकास्पदको एन्टिजेन विधिबाट परीक्षण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई कोरोना भए–नभएको थप यकिन गर्न पीसीआर परीक्षणका लागि पठाउने गरिएको उनले बताए।

सो नाकामा सर्वसाधारणको आवतजावत बाक्लो हुँदै आएको छ। प्रजिअ दाहालका अनुसार सीमा क्षेत्रमा स्थानीय प्रशासनले चाल्नुपर्ने कदमका बारेमा थप निर्णय लिन गृह मन्त्रालयसँग समन्वय भइरहेको छ।

त्यसैगरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले भारतमा देखिएको भेरियन्टको संक्रमण बढ्न सक्नेतर्फ सचेत भएर काम गरिरहेको बताए । प्रहरी उपरीक्षक जिसीले आमिक्रोन भेरियन्टले थप संकट निम्त्याउन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए।

कोरोनाबाट बन्द रहेको सीमा गत असोजको दोस्रो साताबाट खुला गरिएको थियो। त्यसअघि सर्वसाधारण मुख्य नाका छोडेर चोरबाटो हुँदै भारततर्फ जाने र नेपाल आउने गर्दथे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...