ओमिक्रोनको फैलावट रोक्न सबै सचेत रहनुपर्छस् डब्लुएचओ

Logo who

काठमाडौँ । दक्षिणपूर्वी एसियामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा पर्नु अप्रत्यासित नभएका कारण संक्रमणबाट जोगिनका लागि सर्तक रहन विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा.पूनम खेत्रपाल सिंहले आग्रह गरेकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले भारतमा दुई जनामा पहिलोपटक नयाँ भेरियन्ट पुष्टि भएको जनकारी गराउँदै सबै देशहरूलाई निगरानी बढाउँदै कुनै पनि आयातलाई तीब्र रुपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नु पर्ने आवश्यक देखिएको बताएकी हुन्।

ओमिक्रोन सहित सबै भेरियन्टहरूको लागि प्रतिकार्यका उपायहरू, सार्स कोभटुका लागि जस्तै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। व्यापक रुपमा जनस्वास्थ्य तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायहरूको कडा पालना गर्नुपर्ने उनले बताएकी छन्।

‘मानिसहरुले आफ्नो नाक र मुख राम्ररी छोप्नु पर्ने, सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, कम हावा चल्ने वा भीडभाड भएको ठाउँबाट टाढा रहने, हात सफा राख्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्नु पर्छ’, उनले भनेकी छन्, ‘ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू छन्, जसमध्ये केही चिन्ताजनक छन् ।

विश्वभरका अनुसन्धानकर्ताहरुले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नको लागि अध्ययनहरू गरिरहेका छन्।’ संक्रमणको जोखिमबाट बच्नका लागि अनिवार्य कोरोना भाइरसविरुद्धको खोप लगाउन उनले सबैलाई आग्रह गरेकी छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...