देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण : ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

Corona test 13

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै घटेको छ । सोही क्रममा आज नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.७ रहेको छ । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु दर १.४ प्रतिशत रहेको नेपालमा ११ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७८ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६४ लाख ५० हजार ६४४ जनाले दुवै मात्रा खोप लगाइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...