पछिल्लो २४ घण्टामा १०७८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

Corona test 13

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९११ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।

प्रतिकृया दिनुहोस