धनकुटाको मुलघाटमा शुरु भयो सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

Sunrise bank mulghat dhankuta

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लावरबोटे मुलघाटमा सनराइज बैंकले ९२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

धनकुटाको हुलाकटोलस्थित चुवाको बोट चौकमा शाखा कार्यालय सञ्चालन गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सनराइज बैंकले जिल्लामै पहिलो पटक मुलघाटबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष तिलकबहादुर लिम्बु, सनराइज बैंकका १ नम्बर प्रदेश प्रमुख विवेक कुमार निरौला, बैंकका धनकुटा शाखा प्रमुख दिनेश शर्मा अधिकारी लगायतको उपस्थितीमा बैंकिङ्ग सेवा उद्घाटन गरिएको हो ।

मुलघाटमा बैंकको शाखा नरहेकाले त्यहाँका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्याउँने उदेश्यले शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको सनराइज बैंकका शाखा प्रमुख अधिकारीले जानकारी दिए । शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोवार गर्न सकिने तथा यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, विल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने उनले बताए ।

सनराइज बैंकले १३९ शाखा, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउन्टर, १५८ एटीएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...