पछिल्लो २४ घण्टामा १,१५७ जनामा कोरोना पुष्टी, ८ जनाको मृत्यु

Corona test 13

काठमाडौं । पछिल्लो केही दिनयता कोरोना संक्रमण क्रमसः घट्न थालेको छ । सोही क्रममा पछिल्लो २४ घण्टामा नेपालमा १,१५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा बुधबार थप १,१५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९४ हजार १६१ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८८९ परीक्षणबाट २६५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ५४१ परीक्षणमा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ९६ हजार ८२७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार १९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८६ हजार १४५ पुगेको छ । त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।

 

प्रतिकृया दिनुहोस