कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि

Purna bahadur khadka

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

खड्काले सामाजिक सञ्जालमार्फत आज गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र PCR परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध !

 

प्रतिकृया दिनुहोस