दशैँ तिहारलाई लक्षित गर्दै काठमाडौँमा ६० हजार खसीबोका खसीबोका भित्र्याउने तयारी 

Khasibola

काठमाडौँ । दशैँ तिहारलाई लक्षित गरेर यसवर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।

काठमाडौँ उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने जनाएको छ ।

कम्पनीले दाङ र हेटौँडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायब महानिर्देशक श्रीमणि खनालले जानकारी दिए ।

एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जानकारी दिए ।

घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपैयाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...