कञ्चनपुरमा छ सय दुई जना बालबालिकामा कुपोषण

Kuposhan

कञ्चनपुर । कञ्चनपुरमा छ सय दुई जना कुपोषित बालबालिका भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कुपोषित बालबालिकाको खोजीका लागि चलाइएको अभियानमा दुई महिनामा छ सय दुई जना कुपोषित बालबालिका फेला परेका हुन् ।

साउन र भदौमा चलाइएको दुई महिने अभियानमा ९५ जना बालबालिकामा कडा शिघ्रखालको कुपोषण र पाँच सय सात जना बालबालिकामा मध्यम शिघ्रखालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी पुनर्वास नगरपालिकामा एक सय नौं जना बालबालिकामा कुपोषण देखिएको छ । त्यस्तै सबैभन्दा कम भीमदत्त नगरपालिकामा १२ जनामा बालबालिका कुपोषित भेटिएका छन् ।

कडा खालको कुपोष देखिएका बालबालिकाको पोषण पुनस्र्थापना गृहमा उपचार भइरहेको छ भने मध्यम खालको कुपोषण देखिएका बालबालिकाको कुपोषण बहिरङ्ग सेवामा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस