उकालो लाग्यो कोरोना ग्राफ : थप १४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ।

शुक्रबार १ हजार ५५० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १० हजार ५७५ पीसीआर तथा ५ हजार ११५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस