दसैँअघि नै बालबालिकालाई खोप : मन्त्री श्रेष्ठ

Umesh shrestha 1627207424

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैँअघि नै बालबालिकाको लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याइने बताएका छन्। बालबालिकाको लागि दसैँअघि जै एक लाख डोज खोप ल्याइने उनले स्पष्ट पारेका हुन्।

चितवनमा सञ्चारकर्मीहरुसँग शुक्रबार कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक पर्ने ‘मोर्डना’ र ‘फाइजर खोप’ ल्याइने तयारी भइरहेको स्पष्ट पारे।

‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने उनले पुनः दोहो¥याए। ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ’, उनले थपे।

बालबालिकाको लागि खोप नआउँदा यहाँका स्कुल सञ्चालकहरु नियमित पठनपाठन गर्न पछि हटिरहेका छन्। अभिभावकहरु पनि खोप नहुँदा आफ्ना बच्चाहरुलाई स्कुल पठाउन उत्साहित देखिएका छैनन्।
 

प्रतिकृया दिनुहोस