पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु  

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ। बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...