काठमाडौँ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण

Ktm upatyaka 1

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन्।

मंगलबार १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...