पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Coronavirus 4

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २९८, झापामा १५९, भक्तपुरमा ६३ र मोरङमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ४४, रुपन्देहीमा ३७, ललितपुर र कैलालीमा ३५र३५ जना, काभ्रेपलाञ्चोकमा २८, चितवनमा २२, बागलुङमा २१, नुवाकोट र कास्कीमा १७र१७ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...