पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

Corona vaers

काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार ५२४ पीसीआर र  ४ हजार ३२० एन्टिजेन गरी कुल १६ हजार ८४४ नमुना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९९१ पुगेको छ।

गत २२ घण्टामा १ हजार २२० कोरोना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस