जाजरकोटमा ब्लड बैंक स्थापनाको रकम गायब, विरामी नेपालगञ्ज धाउन बाध्य

Jajarkot 1

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा ब्लड बैंक स्थापना गर्न उठाएको रकम गायब भएको छ । कर्मचारी, जिल्ला विकास समिति र अन्य विभिन्न निकायबाट आव ०६९(७० मा उठाएको रकम गायब भएको हो ।

जिल्लामा ब्लड बैंक नहुँदा समस्या परिरहने भएकाले जिल्लाका सरोकारवाला निकायको पहलमा रकम उठाएर स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराएको बजेट नै गायब भएपछि ब्लड बैंक स्थापना गर्ने कार्यक्रम अलपत्र परेको छ । अहिलेसम्म जिल्लामा ब्लड बैंक नहुँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैले रगत दिएर बिरामीको ज्यान जोगाउने काम भइरहेको छ ।
जिल्ला विकास समितिले निर्णय नै गरेर ब्लड बैंक स्थापना गर्न एक लाख रुपैयाँ दिएको थियो । त्यस्तै, कर्मचारी तथा सरोकारवाला निकायलेसमेत आ–आफ्नो हिसाबले सहयोग गरेको भेरी नगरपालिकाका स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।

आफूले पनि १० हजार रुपैयाँ दिएको र सो विषयमा पटकपटक कुरा उठाउँदा पनि रकम फेला पर्न नसकेको ओलीले बताए । सहसचिव चक्रबहादुर बिसीले १५ हजार, नलगाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्कीले १० हजार र जीवन प्रशिक्षक नरबहादुर कार्कीले २० हजार दिएका थिए । तर, त्यो रकमको अहिले खोजी भइरहेको उनको भनाइ छ । ब्लड बैंकका लागि युनिसेफले समेत केही रकम दिएको थियो ।

विभिन्न सरोकारवाला निकायबाट झन्डै पाँच लाखभन्दा बढी रकम उठेको भए पनि त्यो पैसा स्वास्थ्य सेवा कार्यालयको कोसँग छ भन्ने जानकारी नै नभएको सरोकारवाला बताउँछन् । तत्कालीन समयमा सुरक्षित मातृत्व कार्यक्रम हेर्ने स्रोतव्यक्तिलाई नै सो रकमको बारेमा जानकारी भएकोसमेत बताएको छ । समन्वय तथा सहकार्य स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरे पनि सो रकम कहाँ छ भन्ने अत्तोपत्तो नै छैन ।

जिल्लामा ब्लड बैंक स्थापनाका लागि विभिन्न उपकरण आए पनि काम हुन सकेको छैन । बन्द कोठाभित्र ती उपकरण थन्क्याइएको छ । रगत अभाव हुनासाथ प्रहरी, सेना र सर्वसाधारण नै खाज्दै भौतारिनुपरेको छ ।

माल भएर पनि चाल नपाउने स्वास्थ्य सेवा कार्यालयको रवैयाका कारण ब्लड बैंकको सामग्री भए पनि प्रयोगमा आउन सकेको छैन । लाखौं रकम पर्ने ती सामग्री बन्द कोठामा राख्दा खिया लागेर काम नलाग्ने अवस्थामा पुग्ने डर भएको कर्मचारीहरू बताउँछन् । भएको सामग्रीको जतन गरी प्रयोगमा ल्याउनुका साथै सरोकारवाला निकायसँग सहकार्य गरी काम अगाडि बढाउन सके जिल्लालाई मात्र होइन, छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ । जतिपटक ब्लड बैंकको कुरा उठ्ने गरे पनि त्यो कुरामा मात्र सीमित हुने गरेको छ ।

जिल्लामा आएको स्रोत सामग्री प्रयोग गर्न नसक्ने तर ‘ब्लड छैन, नेपालगञ्ज वा चौरजहारी विरामीलाई छिटो लिनुहोस्’ भन्दै लाखौं रकम खर्च गराउन स्वास्थ्य सेवा कार्यालय तल्लीन देखिन्छ । नामको मात्र ५० शैय्या रहेको जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा विकास, भौतिक निर्माणका लागि आएको बजेटसमेत होल्ड गरी बसेर मिति सकिन लाग्दा मात्र प्रक्रियामा जाँदा बर्षेनि फिर्ता हुँदै आएको छ ।

बिलिङ सिस्टमभन्दा अगाडिको पुर्जी र औषधिको हिसाब छैन

बिलिङ सिस्टम जडान गर्नुभन्दा पहिलाको लाखौ रुपैयाँ कहाँ गयो र कसले खर्च गर्‍यो भन्ने हिसाब नहुँदा स्वास्थ्य सेवा कार्यालय सो हिसाबको खोजी नै नगरी पन्छिएको छ । बिलिङ सिस्टम भेरी नगरपालिकाले जडान गरे पनि अहिले सिस्टममा आएपछि सो रकम दुरुपयोग हुने क्रम रोकिएको छ । जसले रकम उठायो, उसैले गायब बनाउने परिपाटी मौलाएपछि नगरपालिकाले बिलिङ सिस्टमलाई प्रभावकारी बनाउन सफ्टवेयर जडान गरिदिएको छ । बिलिङ सिस्टमभन्दा अगाडिको रकम कहाँ कति दुरुपयोग भयो भन्ने एकीन हिसाब नहुँदा कुरा उठाउँदै, बीचमै छोड्दै गरेको अस्पताल विकास समितिका सदस्यहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...