फेरि बढ्न थाल्यो कोरोना संक्रमण, थप १४८६ जनामा पुष्टि, १६ जनाको मृत्यु

Corona vaers

काठमाडौँ । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३०  जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९६५ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६९.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४७५ जना सघन उपचार कक्ष (आईसीयू), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेसन, एक हजार ६७२ जना संस्थागत आइसोलेसन र २६२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

1631016204 axgou

काठमाडौँ । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुल...