अब अनलाइनबाटै सिभिल हस्पिटलका डक्टरको समय लिन सकिने

Civil hospital td1ryb7dwd

काठमाडौँ । अब अनलाइनबाटै काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलका डक्टरको समय लिन सकिने भएको छ । त्यसको लागि अस्पतालले  सिभिल हस्पिटल अफ नेपाल–बुक अपोइन्टमेन्ट नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई व्यवस्थित सेवा दिने उदेश्यको साथ अस्पतालले नयाँ एप सञ्चालनमा ल्याएको हो । अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने उक्त एपमा प्रयोगकर्ताले सजिलै रजिस्टेसन गरी आफू परिवार र साथीभाइको लागि अपोइन्टमेन्छ बुक गर्न सकिने साथै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, खल्ती, एससीटी लगायतबाट शुल्क भुक्तानी गर्न सकिने अस्पतालले बताएको छ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ । प्रयोगकर्ताले बिभागमा उपलब्ध डाक्टरको सूची हेरेपछि आफूले चाहेको डक्टरको समय एपबाटै बुक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...