भारतमा फैलियो निपाह भाइरस, नेपालमा सतर्कता अपनाउन आग्रह

Nipa vairas

काठमाडौं । कोरोना भाइरसको संक्रमणले थिलथिलो बनाइरहेका बेला फेरि निपाह भाइरसको संक्रमणको त्रास फैलिन थालेको छ । भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

सन् १९९९ मा पहिलो पटक मलेसियामा बङ्गुरमा यो भाइरस फेला परेको हो । जनावरबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई जिनोटिक भाइरस भनिन्छ । त्यसयता अहिलेसम्म यो भाइरस मलेसियामा देखापरेको छैन ।

यो भाइरस सन् २००१ मा बङ्गलादेशमा देखापरेको थियो । त्यसयता यसले व्यापक रुप लिन थाल्यो । पछि पूर्वी भारतमा पनि देखा पर्न थाल्यो । घाना, कम्बोडिया, ईन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाईल्यान्डमा पनि यो भाइरस देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार निपाह भाइरस ज्यादै संक्रामक छ । उनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ ।

यो भाइरसले आक्रमण गरेमध्येका ७५ प्रतिशत मानिसको मृत्यु हुनसक्ने उनको दावि छ । १० जना व्यक्तिमा यो भाइरसको संक्रमण भयो भने ७ जनाको मृत्यु हुनसक्ने उनले बताए ।

भारत र बङ्गलादेशजस्ता बाहिरी देशका जङ्गलमा गएर नरिवल, अन्य फलफूल खाने गरेका कारण यी देशहरुमा चमेराको दिसा र पिसावबाट सरेको देखिन्छ, यसकारण हामीले फलफूलहरु राम्रोसँग पखालेर खानुपर्छ । रोग पहिचान भएका स्थान र चमेरोबाट टाढै रहनुपर्ने उनको सुझाव छ ।

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न कुनै लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए । निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौँको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...