देशैभर घट्यो संक्रमितको संख्या : ९९४ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

Coronavirus v1r5uomb1q

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३७  पीसीआर परीक्षण गर्दा ७७७ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९३६ पुगेको छ।

शनिबार १ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस