कोरोना संक्रमणबाट इलाम जिसस सदस्यको मृत्यु

Corona dead

इलाम । कोरोना संक्रमणका कारण इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान निधन भएको छ ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...