कोरोना संक्रमितको संख्या बढ्यो : थप १८९७ जनामा संक्रमण, २० जनाको मृत्यु

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ।

सोमबार १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...