नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर, ४० मिनेटका लागि बजार बन्द  

Share . bazar

काडमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लाग्दा ४० मिनेटको लागि कारोबार रोकिएको छ ।

आइतबार कारोबार सुरु भएको पहिलो दुई घण्टा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतको गिरावट भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

बजार खुलेको पहिलो घण्टाभित्र नेप्से ४ प्रतिशतले घटबढ भएमा २० मिनेट, दोस्रो घण्टाभित्रमा ५ प्रतिशतले नेप्से घटबढ भएमा ४० मिनेट र नेप्सेमा ६ प्रतिशतको घटबढ भएमा उक्त दिनको लागि कारोबार रोकिन्छ । नेप्से खुलेको दोस्रो घण्टाभित्रमा ५ प्रतिशतको गिरावट हुँदा ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

नेप्सेमा सर्किट लाग्दासम्म बजारमा एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर कारोबार हुँदा सात अर्ब १९ करोड ९० लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आउँदा १८३ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको मूल्य मात्रै बढेको छ ।

नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी र विकास बैंक उपसूचक ९ प्रतिशतभन्दा माथिले घटेको छ । आज कारोबारमा आएकामध्ये तीन दर्जन कम्पनीको मूल्य नकारात्मक सर्किट लेभलमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...