धनकुटामा ६ जनामा कोरोना पुष्टि, ७ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । आइतबार शुन्यमा झरेको कोरोना संक्रमण धनकुटामा आज ६ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ । आजसम्म धनकुटामा ७४ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

५६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र १२ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस