४९ अंकले घट्यो नेप्से परिसूचक, १५ अर्ब ६५ करोडको कारोबार

Share market ghatyo

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ ।

आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

फाइनान्सबाहेक अरू सबै समूहको सेयर आइतबार घटेको छ। बैंकिङ समूहको सेयर ३० अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको सेयर एक सय १५ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको सेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको सेयर दुई अङ्कले घटेको छ । आज रुरु जलविद्युत् कम्पनीको सेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ ।

समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ । आज दुई सय २७ कम्पनीका दुई करोड ४८ लाख कित्ता सेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको धितोपत्र बोर्डले जनाएको छ । बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...