नेपालमा पछिल्लो २४ घण्टामा थप १३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

Corona virus

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धैरै काठमाडौंमा ३१२, कास्कीमा १७५, ललितपुरमा ११४, मोरङमा ११० र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा ५३, भक्तपुरमा ५२, झापामा ४८, सिन्धुपाल्चोकमा २८, बागलुङमा २४, रुपन्‍देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पाँचथरमा १८, पर्वत र म्याग्दीमा १७/१७ जना, लमजुङमा १६, स्याङजामा १४ र सुर्खेतमा १३ जान कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस