धनकुटामा घट्न थाल्यो सक्रिय संक्रमितको संख्या, आज ७ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । आजसम्म धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८५ रहेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो ३ बजे सार्वजनिक गरिको विवरण अनुसार धनकुटामा संक्रिय संक्रमितको संख्या क्रमसः घट्न थालेको हो ।

आज धनकुटामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । ६४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा र ११ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस