पछिल्लो २४ घण्टामा १८५७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

Corona virus

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार ४ सय ९ जनाको पिसिआर र ३ हजार ७ सय ६७ एन्टिजेन गरी १३ हजार १ सय ७६ जनाको परीक्षण गर्दा १ हजार ८ सय ५७ जना संक्रमित भेटिएका हुन् ।

यो अवधिमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ । देशभर कुल १० हजार ६ सय ९० जनाको ज्यान गइसकेको छ । हाल देशभर ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार २ हजार २ सय २२ जनाले कोरोनालाई जितेका छन् ।

हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस