१२३ अंकको गिरावटपछि १८ अंकले बढ्यो नेप्से

Bull nepsee 1627211988

काठमाडौँ । पछिल्लो तीन करोबार दिनमा नै १२३ अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेर बन्द भएको छ । लगातर दुई दिनको सार्वजनिक बिदापछि मंगलबारदेखि खुलेको नेप्सेमा मंगलबार ५६ अंक र बुधबार ४८ अंकको उच्च गिरावट भएको थियो । तर, आज साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १७.५७ अंकले वृद्धि हुँदा ३०९४ .०१ अंकमा बन्द भएको छ ।

बुधबारको तुलनामा बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार १२ अर्बको कारोबार भएको बजारमा आज दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अबत्र्र ४२ करोड १९ लाख ७२ हजारको कारोबार भएको छ । विकास बैंक, हाइड्रोपावर र वित्त कम्पनीले नेप्सेलाई उचाले पनि अधिकांश सूचकमा भने गिरावट भएको छ । आज नेप्सेमा हाइड्रोपावर उपसूचक सर्वाधिक ४.८३ प्रतिशत र विकास बैंक उपसूचक ४.२२ प्रतिशत तथा वित्त कम्पनी उपसूचक ३.८२ प्रतिशतले बढेको छ । यस्तै, लघुवित्त उपसूचक ०.८४ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक पनि ०.३३ प्रतिशतले बढेको छ ।

यता, जीवन बिमा उपसूचक ०.८७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.३७ प्रतिशतले गिरावट भएको छ । आज नेप्सेमा वृद्धिसँगै नौ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । जीवन विकास, लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेलभमेन्ट बैंकबाहेक अरू ६ वटा जलविद्युत् र वित्त कम्पनी सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बन्द भएको हो । यता, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ३.३३ प्रतिशत, शिवम् सिमेन्टको सेयर मूल्य २.३ प्रतिशत र गोर्खाज फाइनान्सको सेयर मूल्य २.२२ प्रतिशतले घटेको छ ।

उपसूचकमा नै हरियाली छाएको जलविद्युत् कम्पनीको सेयर खरिदमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । लगातार तीन दिन घटेको हाइड्रोपावर उपसूचक आज भने सबैभन्दा धेरै बढेको हो । आज नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ९३ करोड ८४ लाख ४१ हजारको कारोबार हुँदा अरुण काबेली पावरको ४५ करोड ६ लाख ७२ हजार र रिडी हाइड्रोपावरको ३४ करोड ५६ लाख ३० हजारको कारोबार भएको छ । आज नेप्सेमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । त्यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...