कोरोना संक्रमणबाट एकैदिन ४४ जनाको मृत्यु, थप २४८२ जनामा संक्रमण

Ros ktm img 08523corona deth

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...