जापानबाट काठमाडौं आइपुग्यो २ लाख ८ हजार ७ सय डोज खोप

Japan vaccine

काठमाडौं । कोभ्याक्स सुविधामार्फत जापानबाट कोरोनाविरुद्धको २ लाख ८ हजार ७ सय डोज एस्ट्राजेनेका खोप नेपाल ल्याइएको छ । बाँकी ७ लाख डोज दुई चरणमा गरी नेपाल ल्याउने योजना रहेको स्वास्थ्य मन्त्रालय खोप व्यवस्थापन महाशाखाले जनाएको छ ।

जापानले उपलब्ध गराउने भनिएका १६ लाख डोज खोपमध्ये शनिबार उक्त परिमाणको खोप शनिबार नेपाल ल्याइएको हो । योसहित ९ लाख डोज खोप नेपाल आइसकेको छ ।

यसअघि ल्याइएको खोप गत चैतमा कोभिसिल्डको पहिलो डोज लगाएएर दोस्रो कुरिरहेका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई दिइसकिएको छ ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म ३७ लाख ९९ हजार १ सय ७८ जनाले कोरोनाको पूर्ण र ४९ लाख ७ हजार ५ सय २३ जनाले पहिलो डोज खोप लगाइसकेका छन् ।

प्रतिकृया दिनुहोस