थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

कुन जिल्लामा कति थपिए ?

Corona graff

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७३० आरटी पिसिआर र ५ हजार ४७२ एन्टिजेन गरी कुल १३ हजार ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा, ३ हजार ३०६ संस्थागत आइसोलेसनमा र ४२३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७१८ जना र भेन्टिलेटरमा १६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुनिबार देशभरबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । निको हुने दर ९३।३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै झापामा १३२, कास्कीमा ९१, सुनसरीमा ६४, मोरङमा ६२, सुर्खेतमा ६१ र चितवनमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २९, कास्कीमा २५, चितवनमा २३, नवलपरासी पूर्वमा १९, दाङमा १८, कैलालीमा १५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस