धनकुटामा फेरि बढ्यो कोरोना संक्रमण, १३ जनामा संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटामा आज फेरि कोरोना संक्रमण बढेको छ । शुक्रबार धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज १३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज धनकुटामा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार ५ सय ९१ जना पुगेको छ ।

आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५७ रहेको छ । धनकुटामा हालसम्म २ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटामा १ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस