धनकुटामा ५ जनामा कोरोना पुष्टि, २४ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । धनकुटामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ भने २४ संक्रमणमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ४ बजे सार्वजनिक गरेको विवरण अनुसार धनकुटामा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेका छन् ।

हालसम्म धनकुटामा २ हजार ७ सय ७३ जना संक्रमित बनेका छन् भने २ हजार ५ सय ५२ जना संक्रमणमुक्त भइसकेका छन् ।

१ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।।

प्रतिकृया दिनुहोस