कोरोनाले राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

Mahendra sherchan

काठमाडौं । कोरोना संक्रमणका कारण राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ ।

६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । साथै उनी मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

 

प्रतिकृया दिनुहोस