धनकुटामा फेरि बढ्यो संक्रमण, आज ३७ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा आज फेरि कोरोना संक्रमण ह्वात्तै बढेको छ । हिजो धनकुटामा १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज फेरि ह्वात्तै बढेर ३७ जनामाका कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै धनकुटामा कोरोना पुष्टि हुनेको संख्या २ हजार ७ सय ४९ जना पुगेका छन् । त्यसैगरी आज धनकुटामा २१ जना कोरोनामुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार ५ सय २८ पुगेको छ ।

हाल धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९२ रहेको छ ।

१ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना संस्थागत आइसोलेसनमा र १२ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस